नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ असार।

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बिहीबार राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो ।
राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
