कांग्रेस देउवा पक्षको पुनरावलोकन निवेदन

सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको बिवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशउपर बिहीबार पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

न्यायाधीशहरू न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियोे ।

सम्बन्धित समाचार