सर्पदंशबाट २९ वर्षीय युवकको मृत्यु

कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९:१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।

सर्पदंशपछि उपचारका लागि उहाँलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकामा उपचारकै क्रममा १०:४० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार