बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताउनुभयो ।

सम्बन्धित समाचार