नवकान्तिपुर संवाददाता
चितवन, १२ साउन।

नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको छ ।
पहिरो पन्छाउने कार्य कम्तीमा दुई घण्टा लाग्ने छ ।
