नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन।

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गर्नुभएको छ ।
अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।
अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

