नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन।

गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न बिहीबार विराटनगरको विभिन्न अस्पताल पुग्नुभएको छ ।
विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो ।
त्यसक्रममा गृहमन्त्रीले घाइतको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो । गृहमन्त्रीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर मृतकका आफन्तसँग पनि भेट गर्ने कार्यक्रम छ ।
यही साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

