सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख राम केवल रायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार काठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिएवापत विभिन्न बहाना बनाइ सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी घुस लिएको आरोपमा रायविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु १९ हजार बिगो कायम गरी सोही बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको छ ।

सम्बन्धित समाचार