मन्त्रीको गृहजिल्लाबाट मात्र प्रज्ञा–प्रतिष्ठानमाआठ सभा सदस्य (सूचीसहित)

सरकारले लामो समयदेखि रिक्त रहेका तीन प्रज्ञा–प्रतिष्ठानलाई गत शुक्रबार पूर्णता दिएको छ। यसक्रममा मनोनयन प्रक्रियालाई लिएर क्षेत्रीय सन्तुलनबारे प्रश्न उठेको छ, विशेषतः कास्की जिल्लाको उल्लेख्य प्रतिनिधित्वका कारण।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राज्ञ परिषद् र प्राज्ञ सभा सदस्यसहित कुल ८३ सर्जकलाई मनोनयन गरेको जनाएको छ। जसअनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानमा ३५, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा २४ तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा २४ जनालाई समेटिएको छ।

तर, तीनै प्रतिष्ठानमा गरी कास्की जिल्लाबाट मात्र आठ जना परिषद् तथा सभा सदस्यमा मनोनयन भएको तथ्य सार्वजनिक भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) स्वयं कास्की निवासी रहेको सन्दर्भमा यसलाई लिएर चासो र टिप्पणी बढेको छ।



नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्यमा मनोनीत तीर्थबहादुर गुरुङ तथा प्राज्ञ सभा सदस्य दीपक श्रेष्ठ र शंकरमणि त्रिपाठी कास्कीका हुन्। त्यस्तै, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ सभा सदस्यका रूपमा दीपक पराजुली र विनोद बानियाँ मनोनीत भएका छन्।

यसैगरी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा दिलबहादुर गुरुङ, इसान परियार र नारायणबहादुर गुरुङ कास्कीबाट प्रतिनिधित्व गर्ने सदस्यका रूपमा मनोनीत भएका छन्। सरकारको यस निर्णयले समावेशिता र क्षेत्रीय सन्तुलनको विषयमा थप बहस सिर्जना गर्ने देखिन्छ ।

सम्बन्धित समाचार