नवकान्तिपुर संवाददाता
काभ्रेपलाञ्चोक, १ भदौ।

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउथलीमा सोमबार मध्याह्न भएको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका–१४ बस्ने २५ बर्षको राहुल तामाङ, खानीखोला–३ का २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला–५ का वर्ष नखुलेको बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जिप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ बर्षका यसबहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि सोमबार हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएकोे छ ।
पनौती–तालढुङ्गा भित्री सडकखण्डमा सोमबा बिहान जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा भएको थियो ।
सूचना अधिकारी विष्टका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ । जिप खानीखोलाबाट बनेपातर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । प्रहरीले जिपको ब्रेक–फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

