ठमेलबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद रु १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आइतबार पक्राउ परेका हुन् ।

प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार