नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको संशोधन सरकारले स्वीकार गरेको बताउनुभएको छ ।
समितिको बिहीबारको बैठकमा उहाँले भन्नुभयो, “हामीले सबैले छलफल गरेरै टुङ्ग्याएको हो । उपसमितिले राखेका विषयवस्तु खुला छलफललाई प्रधानमन्त्रीज्यूका तर्फबाट मलाई तोकिएको कारणले स्वीकार पनि गरेका छौँ ।”
राज्य व्यवस्था समितिले उत्कृष्ट ढङ्गबाट काम गरिरहेकामा आभार प्रकट गर्दै उहाँले समितिका तर्फबाट दुई वटा विधेयकसहितको प्रतिवेदन सदनमा पेस हुने अवस्थामा पुगेको बताउनुभयो ।

