नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज।

समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिनुभयो ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
