नवकान्तिपुर संवाददाता
धनकुटा, ४ असोज।

ताङ्खुवाबाट धनकुटा आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमा नै एक जनाको मृत्यु भएको छ ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । अन्य विवरण पनि प्राप्त भएको छैन ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ ।
