नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कार्तिक।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली चोकबाट तीन परेका छन् ।
त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट दुई र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

