४० करोडमा बन्दै प्रधानमन्त्रीको नयाँ निवास : डाक्टर कक्ष, डेन्टल र सैलुनदेखि होम थिएटरसम्म…

काठमाडौं, २९ जेठ ।

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ ।



एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दैछ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ ।

अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दैछ । सो भवनमा डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुने खबर मुना कुँवरको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार