२ हजार ५ सय ४० विद्यार्थीको क्षयरोग परीक्षण, ३६ मा समस्या

जुम्ला, २९ जेठ ।

जुम्लाका पाँच विद्यालयका दुई हजार ५ सय ४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् ।



कर्णाली मावि अनामनगरका ७ सय, चन्दननाथ नमूना माविका ९ सय, रत्नचुण्डेश्वर मावि बोहोरागाउँका १ सय ७०, जनता प्राविधिक माविका ७ सय र जनज्योति मावि बारकोटे वाडाका ७० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएको कर्णाली मावि अनामनगरका प्रध्यानाध्यापक मीनराज शर्माले जानकारी दिए । २ हजार ५ सय ४० मध्येमा ४ विद्यार्थीलाई शल्यक्रिया गर्नुपर्ने, ६ जनाले सामान्य औषधि खानुपर्ने र १० जना मुटुरोग भएकालाई छालाको उपचार र शल्यक्रिया गर्नुपर्ने देखिएको शर्माले बताए ।

६ जना बाथ मुटुरोगी भेटिएको र १४ जनामा जन्मजात मुटुरोगको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । नेपाल क्षयरोग निवारण प्रतिष्ठान जिल्ला शाखाको आयोजना र नेपाल क्षयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा चन्दननाथ नगरपालिकाभित्रका माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई मुटुको जाँच गरिएको राससले जनाएको छ ।

सम्बन्धित समाचार