प्रतिघन्टा ५० कि.मि. भन्दा बढी सवारी कुदाउन नपाइने

भक्तपुर, २९ जेठ । भक्तपुरमा दुर्घटना न्युनिकारण गर्ने उद्धश्यले सवारी गति निर्धारण गरिएको छ । अब जडिबुटी, मनहरा पुलदेखि साँगासम्मको अरनिको राजमार्गमा प्रति घण्टा ५० कि.मि.ले मात्र सवारी कुदाउन पाइने छ ।

उक्त सडकखण्डमा प्रति घण्टा ५० कि.मी. भन्दा बढि गतिमा सवारी चलाइएको पाइए त्यस्ता सवारीलाई कारवाही गरिने महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । असार १ गतेदेखि ऐन अनुसार कारवाही हुने भएपनि यो नियम भने जेठ २८ गतेदेखि नै लागु गरिएको परिसरका सूचना अधिकृत प्रहरी निरिक्षक कृष्ण प्रसाद बिष्टले जानकारी दिए ।



सम्बन्धित समाचार