‘मिस लिटिल च्याम्प’ को ताज पिञ्जुलाई

काठमाडौं, २९ जेठ । ‘मिस लिटिल च्याम्प’ को ताज पिञ्जु बुढा मगरले जितेकी छन् ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघर आयोजित प्रतियोगितामा २४ प्रतिष्पर्धीलाई पछि पार्दै पिञ्जुले ‘मिस लिटिल च्याम्प’ को ताज जित्न सफल भएकी हुन् ।



प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा ९ वर्षीया पिञ्जुले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी छिन् । प्रतियोगितामा बालअधिकारबारे सोधिएको प्रश्नमा उत्कृष्ट जवाफ दिएपछि उनी विजेता बनेकी हुन् । पिञ्जु पढाइमा पनि उत्तिकै अब्बल छिन् भने नृत्य र अभिनयमा पनि उनको विशेष दख्खल छ ।

जनवादी गायिका प्रगती महरा र जनकलाकार रंजीत बुढा मगरकी छोरी पिन्जु संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराकी नातिनी हुन् ।

‘मिस लिटिल च्याम्प’ को ताज जितेकी पिञ्जुलाई फेसियल हाउसले सफलताको कदर गर्दै सम्मान गरेको छ । बालप्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले यस्तो सम्मान गरेको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बताइन् ।

सम्बन्धित समाचार