शिक्षक र कर्मचारीले डीभी–पीआर भर्न नपाउने

काठमाडौं, २९ जेठ । धेरै नेपालीका लागि डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी)– परमानेन्ट रेजिडेन्ट भिसा (पीआर) रोजाईको विषय हो । पढेलेखेका देखि सामान्य लेखपढ गरेकाले समेत यो फारम भर्छन् । तर अबदेखि भने सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले भने यो फारम भर्न पाउने छैनन् । उनीहरुले विदेशमा स्थायी आवासीय अनुमति लिनका लागि मात्रै पनि पहिले आफ्नो जागिरबाट राजिनामा दिनुपर्ने हुन्छ । अधिकांश शिक्षक तथा कर्मचारीले अमेरिकाले उपलब्ध गराएको डीभी भर्ने गरेका छन् । अबदेखि भने उनीहरुले अमेरिकालगायत कुनै पनि देशमा स्थायी बसोबासका लागि आवेदन दिन नपाउने भएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन–२०७६’ को मस्यौदामा सो व्यवस्था गरिएको छ । मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिनु दण्डनीय हुने ब्यवस्था गरिएको छ ।



सम्बन्धित समाचार