विमान अपहरणको धम्की दिनेलाई जन्म कैदसहित आठ करोड जरिमाना

एजेन्सी, २९ जेठ । विमान अपहणको धम्की दिने मुम्बईका एक व्यवसायीलाई त्यहाँको अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

विशेष एनआईए अदालतले व्यवसायी बिरजू सल्लालाई यस्तो फैसला सुनाएको हो । हिन्दुस्तान टाइम्सका अनुसार अदालतले दोषीलाई पाँच करोड भारु अर्थात आठ करोड नेपाली जरिवाना तोकेको छ । अदालतले जरिवाना राशी त्यसदिन विमानका सवार चालक दल सदस्य र यात्रीलाई बाँड्न निर्देशन दिएको छ ।



सन् २०१७ अक्टोबरमा सोही विमानमा सवार सल्लाले अंग्रेजी र उर्दू भाषामा त्यस्तो धम्कीपूर्ण पत्र लेखी जेटको मुम्बईबाट दिल्ली गइरहेको फ्लाइट संख्या ९ डब्ल्यू ३३९ को टोइलेट टिश्यू पेपर बक्समा छोडेका थिए ।

सल्लालाई पक्राउपछि ‘नेशनल नो फ्लाई लिस्ट’ मा राखिएको थियो । उनी देशभरी कुनै पनि विमानमा यात्रामाथि प्रतिबन्ध लगाइएको थियो ।

सम्बन्धित समाचार