“चान्स् टु वीन थ्रु क्लिक” अभियानको विजेतालाई टिभीएस एनटर्क १२५ सीसीको स्कुटर हस्तान्तरण

काठमाडौं, २९ जेठ । टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्र आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

जगदम्बा मोटर्सले “चान्स टु वीन थ्रु क्लिक” नामक अभियान सार्वजनिक गरेको थियो जस अन्तर्गत ग्राहकहरुले “लभ ऐट फस्ट राईड” स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए ।
यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको छ । यस अभियानकी विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरिएको छ । उनलाई जगदम्बा मोटर्स् प्रा.लि.का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका छन् ।



“देशभर रहेका हाम्रा प्रयोगकर्तालाई खुसि पार्न राकुटेन भाइबरले अनवरत रुपमा आफ्ना साझेदारहरुसंग कम गरिरहेको छ । नेपालमा रहेका हाम्रा प्रयोगकर्ता जसले आफ्ना निकतम व्यत्तिहरुसंग नजिक रहन भाइबर प्रयोग गरिरहनु भएको छ, हामी वहाँहरुलाई धन्यवाद भन्न चाहन्छौँ ” भनेर अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी, राकुटेन भाइबर भन्नु भयो ।

जगदम्बा मोटर्स् प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भन्नुभयो, “हाम्रो ब्राण्डसँग सहकार्य गरेर ग्राहकहरुलाई डिजिटल्ली जोड्दै उत्साह र खुसीयाली बाँढ्न मद्दत गरेकोमा हामी भाइवरलाई आभार प्रकट गर्न चाहान्छौँ । हामी देशभरका ग्राहकहरुको उत्साहजनक सहभागीताले अत्यन्तै खुसी छौँ । हाम्रो यस अभियानलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छौं ।”

सम्बन्धित समाचार