जोखिममा स्वदेशी मैदा उद्योग

दैनिक जिवनमा नभैनहुने अत्यावश्यक खाद्य बस्तु गहुंको पिठो (आंटा) मा चालु आर्थिक वर्षदेखि सरकारले मूल्य अभिबृद्दी कर लगाएको छ । यसले गर्दा अरबौंको लगानी रहेको नेपालमा संचालिन ३८ भन्दा बढी मैदा उद्योगहरु जोखिममा पर्ने भएका छन् ।

भारतबाट बैद्य वा अबैद्य तवरबाट आउने मैदा/आंटासँग प्रतिस्पर्धा गर्न नसक्ने स्वदेशमै आत्मनिर्भर भईसकेको आंटा जस्तो खाद्य बस्तुमा यसरी सरकारले करको भार थपि दिँदा बैध वा अबैध आयातले प्रोत्साहन पाउने निश्चित छ ।



सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि ब्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले अब थप चुनौतिको सामना गर्नुपर्ने हुँदा मैदा उद्यमीहरु निरुत्साहित बनेका छन् । सरकारी नीतिका कारण अबका केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प छैन् ।

नेपाल मैदा उद्योग संघले एक विज्ञप्ति जारी गरी सरकारले आंटामा लगाएको मुल्य अभिबृद्दी करले किसान, उपभोक्ता, व्यवसायी, नेपाल सरकार कसैलाई पनि फाईदा नहुने भन्दै मूल्य अभिबृद्दी कर तत्काल फिर्ता गरी स्वदेशी मैदा उद्योग बचाउन अनुरोध गरेको छ ।

सर्वसाधारण र न्यून आयस्तर भएका मानिसले समेत दैनिक खाद्यान्नको रुपमा खाने आंटा जस्तो सम्वेदनसिल खाद्य बस्तुमा मू.अ. कर लानाले उद्यमीमा मात्र नभई उपभोक्ता समेत यसको मारमा पर्ने विज्ञप्तिमा उल्लेख छ । मुल्य अभिबृद्दी करसँगै आंटाको मूल्यमा प्रति केजी रु ५ सम्म बढ्न सक्ने जनाइएको छ ।

प्रेस विज्ञप्ति

सम्बन्धित समाचार