रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, एनसीएचएलसँग आबद्ध हुँदै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ ।

नेपालक्लियरिङ्ग हाउस लिमिटेड एक विज्ञप्ति जारी गरी



रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि. यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS / connectIPS e-Payment प्रणालीसँग आबद्ध भए पछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्था संग आबद्ध भएका बैंक खाताहरुबाट सोभैm गर्न सक्नेछ । यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमित हरुले आफ्नो (प्रिमियम) बीमा शूल्कपनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहिहरुका बैंक खाताहरुबाट हुनेछन् ।

२०७४ देखि सञ्चालनमा आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रतिष्ठित अर्थशास्त्रीहरु, उद्योगपतिहरु, बैंकरहरु र व्यावसायीहरुद्वारा प्रबद्धित जीवन बीमा कम्पनी हो । कम्पनीले आधुनिक प्रविधिमा आधारित विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । यसको connectIPS e-Payment / NCHL-IPS सम्म ५६ बैंक र ७६ वित्तीय संस्थाहरू सदस्यता भैसकेका छन् ।

विज्ञप्ति

 

सम्बन्धित समाचार