पत्रकारको हत्या

एजेन्सी । मेक्सिकोको दक्षिण पश्चिममा एक जना पत्रकारको हत्या भएको छ । स्थानीय अखबार ‘टाबास्को होए’मा विगत १५ वर्षदेखि कार्यरत नोर्मा साराबीयाको मङ्गलबार हत्या भएको हो । उनी टाबास्को राज्यका अन्य संज्ञारमाध्यमहरुमा समेत संलग्न रहेकी थिइन् ।

पत्रकारहरुका लागि विश्वमै खतर्नाक मानिएको मेक्सिमा यस वर्ष हत्या भएकी उनी छैटौं पत्रकार हुन् ।



सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ ।

लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।

सम्बन्धित समाचार