बुबा–आमालाई वेवास्ता गर्ने सन्तानलाई जेल चलान !

आफ्नो बाबु आमालाई वेवास्ता गर्ने सन्तानलाई भारतको बिहार सरकारले जेल हाल्ने कानुन बनाएको छ । सन्तानबाट बुबा–आमा अपहेलित हुने र बुढेसकालमा वेसहारा बन्ने गरेपछि त्यसलाई नियन्त्रण गर्ने उदेश्ले यस्तो कानुन यस्तो कानुन ल्याईएको हो ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् को बैठकले यसका साथै अन्य १७ एजेन्डालाई स्विकृति गरेको पनि बताईएको छ ।



आफ्नो बुबा–आमालाई हेरचाह नगर्ने छोरा–छोरीलाई जेल हाल्ने कानुन बनाएको छ ।

सन्तानबाट बुबा–आमाको रेखदेख गर्नेक्रम घट्दै गएको र पाको भएको समयमा बेसहरा हुनेक्रम बढेकाले यसको नियन्त्रण गर्ने उदेश्यका साथ यस्तो कानुन ल्याईएको हो ।

यससँगै बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ‘राइट टु सर्विस एक्ट’मा सामेल गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार