नदीको दोहनमा मेयरसा’पको ट्रिपर, वडाध्यक्षको एक्स्काभेटर

अव्यवस्थित र अनियन्त्रित रुपमा गिट्टी, बालुवा र ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुल्लमखुला एक्स्काभेटर र डोजर लगाई दोहन तीव्र परेको हो । नदी वरपर सञ्चालित ढुंगा–रोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्स्काभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन् ।



जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ– ‘त्यस नगरपालिकाबाट २०७५ माघ ८ गते (च.नं. ७७२) प्राप्त पत्रमा कमला नदीको बीच भागमा पानीको बहाव फर्काउने जेसीबी (एक्स्काभेटर) प्रयोगका लागि माग भएको जानकारी प्राप्त भयो ।’

मेयरसा’पको ट्रिपर र वडाध्यक्षको एक्स्काभेटर लगायतका उपकरण प्रयोग गरी नदीको दोहन तीव्र पारिएको सम्बन्धी यो खबर मिथिलेश यादवको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार