एक लाख घुससहित इन्जिनीयर पक्राउ

सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले गाउँपालिकाका इञ्जिनियर
विकास श्रेष्ठलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले उनलाई बिहीबार विहान पक्राउ गरेको हो ।



झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार