शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा नियुक्त

मिस नेपाल २०१८ कि शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा अनुबन्धित भएकी छिन् ।

सुजुकी टु ह्विलरका लागि नेपालको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्जका लागि खतिवडालाई ब्रान्ड एम्बेसडरमा अनुबन्धित गरेको हो ।



कम्पनीले स्कुटर ब्रान्ड बर्गम्यान, एक्सेस र लेट्सका श्रृंखलालाई नियुक्त गरेको हो । सुजुकीको बजार प्रवर्धनका साथै सो ब्रान्डप्रति जनताको विश्वासलाई उचाइमा पुर्याउन शृंखलालाई अनुबन्ध गरेको कम्पनीले जनाएको छ ।

छोटो समयमा ग्राहकहरुको मन जित्न सफल बर्गम्यान, एक्सेस र लेट्स स्कुटर एक स्टाइलिस स्कुटर भएको साथै १२५ सीसीको पावरफुल इन्जिन तथा आकर्षक फिचर भएकाले ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचार