चिनियाँ राष्ट्रपति ताजकिस्तान भ्रमणमा

दुशान्बे, ३१ जेठ । चिनियाँ राष्ट्रपति सि चिनफिङ शुक्रबार ताजकिस्तान आइपुगेका छन् । ‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उनी ताजकिस्तान आएको अधिकारीहरूले जनाएका छन् ।

दुई देशको आपसी सम्वन्ध बलियो बनाउदै रणनीतिक साझेदारीको लागि विश्वासका साथ अगाडि बढ्ने राष्ट्रपति चिन फिङ्ले बताए । मध्य एसियाका देशहरुका लागि चीन अहिले सवै भन्दा ठूलो लगानीकर्ता र मुख्य साझेदार हुदै गएको छ ।



चिन फिङले बेल्ट एण्ड रोड कोअपरेसनको मध्यमबाट रणनीतिक र दीर्घकालिन समृृद्धि हासिल गर्न सकिने सुझाव पनि दिएका छन् ।

सम्बन्धित समाचार