प्रदेश बजेट आजः कुन प्रदेशको प्राथमिकतामा के ?

काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६-७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ ।

प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् ।



सबै प्रदेशले पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन् । साना आयोजनाभन्दा पनि ठूला आयोजना बजेटको प्राथमिकतामा परेका छन्, भनेर आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार