छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्छः नेता सिंह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरोकारवालासँग छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘विरोध सभा’लाई सम्बोधन गर्दै उनले संसद्मा पेश गरिएको गुठी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए ।

‘गुठी विधेयक नेपालको संस्कृति र सभ्यतामाथिको प्रहार गर्ने किसिमले आएको छ, यो काङ्ग्रेसलाई मान्य हुँदैन’-उनले भने । सरोकारवालासँग छलफल र परामर्श नगरी गलत मनसायबाट गुठी विधेयक आएको उनको भनाइ छ । उनले गुठी अधिकार सुरक्षित गर्न काङ्ग्रेसले सदन र सडकमा आन्दोलन गर्ने स्पष्ट पारे । नेता सिंहले वर्तमान सरकारले गुठी विधेयकबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।



काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको विधेयक कुनै हालतमा काङ्ग्रेसले नमान्ने बताए । ‘सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार आयोग, गुठियारमाथि दमन गर्न खोजेको छ’-उनले भने ।

सम्बन्धित समाचार