केही नेवारको विरोधले गुठी विधेयक फिर्ता हुँदैन: शान्ता चौधरी

गुठी विधेयकको खुलेर समर्थन गर्दै आएकी नेपाल कम्युनिस्ट पार्टी नेकपा सांसद शान्ता चौधरीले गुठियारहरुले अनावश्यक बखेडा झिकेर आन्दोलन गरेको आरोप लगाएकी छिन् । चौधरीले गुठी विधेयक सरकारले जानेर बुझेर आवश्यकताका आधारमा ल्याएकाले विरोध गर्नुको औचित्य नभएको बताएकी हुन् ।

काठमाडौंका केही तत्वहरुले अनावश्यक प्रचार गरेर विधेयकलाई विवादमा ल्याएको चौधरीको तर्क छ । उनले २–४ जना नेवाहरुले विरोध गर्दैमा विधेयक फिर्ता नहुने पनि बताएकी छिन् ।



काठमाण्डौमा विधेयकको विरोधमा भएको आन्दोलनभन्दा दाङमा पक्षमा भएको आन्दोलन ठूलो भएको उनको जिकिर छ ।

सम्बन्धित समाचार