आमिरको प्रतिक्षित चलचित्रमा करिना कपुर अनुबन्धित !

बलिउड नायक आमिर खानको प्रतिक्षित चलचित्र ‘लाल सिंह चद्दा’मा नायिका करिना कपुर खान अनुबन्धित भएकी छिन् । आमिर खान मुख्य भूमिकामा प्रस्तुत हुने यो चलचित्रको हाल प्रि प्रोडक्सनमा काम भइरहेको छ । यो चलचित्र ‘फरेस्ट गुम्प’ नामक चलचित्रको रिमेक चलचित्र हो ।

बलिउड मिडियाका अनुसार चलचित्रमा करिना आमिर खानको जोडी बन्दैछिन् । यो विषयमा करिना र निर्माणपक्षले भने कुनै औपचारिक जानकारी दिएको छैन ।



निर्माणपक्ष र करिनाबीच भने चलचित्रको विषयलाई लिएर धेरै पटक छलफल भइसकेको छ । करिना र चलचित्र निर्माण युनिटबीच सहमति भैसकेको र छिट्टै एक कार्यक्रमकाबीच यस बिषयलाई सार्वजनिक गरिने स्रोतको दावी छ ।

सम्बन्धित समाचार