गायक निश्चल घिमिरेको नयाँ म्युजिक भिडियो बजारमा आउदै

गजलकार राजेन्द्र घिमिरे ‘सागर’को शव्द रहेको गाजलीलाई आज… बोलको गीतको म्युजिक भिडियो निर्माणकार्य संम्पन्न भएको छ । गीतमा संगीत संयोजन बिजेश्र्वर तण्डुकारको र गायन तथा संगीत निश्चल घिमिरेको रहेको छ ।

निर्मात्री देबी पन्तले निर्माण गरेको मुजिक भिडियोमा गायक तथा संगीतकार निश्चल घिमिरेले नायकको भुमिकामा अभिनय गरेका छन । यो भिडियोमा गाजलीको भुमिकामा नव नायिका शिरिष केसीको अभिनय रहेको छ ।



यसैगरी नवीन भट्टराई, सन्तोष दाहाल,श्रीस्टी रानामगर, रक्षा घिमिरे लगायतले अन्य कलाकारको रुपमा अभिनय गरेका छ्न । दिपक घिमिरेको निर्देशनमा रामकृष्ण चौलागाईंले छायांकन गरेको गीतको भिडियो शिवालय मिडिया प्रालिले सम्पादन गरिरहेको छ ।

यो मुजिक भिडियोको सुन्दरीजल गोकर्ण, सामाखुशीको स्काई बैङ्केट लगायत काठमाडौका विभिन्न ठाउँमा छायांकन भएको छ। हाल सम्पादनको क्रममा रहेको यो मुजिक भिडियो छिट्टै दर्शकमाझ आउने निर्मात्री देवि पन्तले जानकारी गराएकी छिन ।

साथै गायक निश्चल घिमिरेको स्वरमा नयाँ गीतहरु पनि रेकर्डिङ भइरहेको छ ।

सम्बन्धित समाचार