चुनाव सकिएको दुई वर्षपछि बागी उम्मेदवारलाई कांग्रेसको कारबाही

चुनाव सकिएको दुई वर्षपछि कांग्रेस अनुशासन समितिले स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, उनीहरूका समर्थक र प्रस्तावक गरी १८३ जनालाई पार्टीबाट हटाएको घोषणा गरेको छ । अनुशासन समितिले २५ जिल्लाका १८३ जना नेता कार्यकर्तालाई सम्बन्धित जिल्लाको अभिलेखमा नाम नरहने गरी पार्टीबाटै हटाएको हो।

अरू पार्टीको तर्फबाट उम्मेदवार बन्ने, बागी उम्मेदवारी दिने, तिनका प्रस्तावक र समर्थक स्वतः पार्टी साधारण सदस्य पनि नरहने वैधानिक व्यवस्था छ । तर, पनि बागी उम्मेदवार बन्नेलाई जिल्लाबाट संरक्षण हुने गरेको भन्दै अनुशासन समितिले उनीहरूको नाम सार्वजनिक गरेको जनाएको छ । निष्कासित हुनेमा धेरै जसो वडामा कांग्रेसको उम्मेदवारीविरुद्ध बागी दिने, एमाले, फोरम समाजवादी, माओवादी, राप्रपा, राजपा प्रवेश गरी उम्मेवदार बन्ने धेरै छन् ।



निष्कासित हुनेमा जिल्लामा नाम चलेका नेता भने छैनन् । जिल्लाका कोषाध्यक्ष भएका, नगरमा सभापति भएका, क्षेत्रीय प्रतिनिधिसहितका पनि छन् ।

सम्बन्धित समाचार