असार १२ बाट नेपाल ‘लोक स्टार’ प्रशारण हुने

लोकसंगीत नेपालको सर्वाधिक चर्चित संगित विधा हो । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । संगीत विधाहरु मध्ये सबै भन्दा धेरै उत्पादनमूलक विधा पनि लोक संगीत नै हो । विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीत का स्रष्टा आफैले गर्ने गरेका छन् ।

लोक संगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाली टीभीमा सर्वाधिक रुचाइएको रियालिटी शोसंग लोक संगीतलाई समायोजन गरी नेपाल लोक स्टार कार्यक्रमको जन्मेको हो । यस कार्यक्रमको लागतकरिब १० करोड रुपैया रहेको छ । यस अर्थमा यो शो नेपालको सबै भन्दा ठूलो मौलिक रियालीटी शो भन्दा फरक नपर्ला ।



यसको निर्माण चाहना मिडियाले आफ्नै मौलिक संगीतलाई अन्तराष्ठ्रिय मापदण्डमा ढाली आफ्नै नेपाली ब्राण्ड मा बन्नलागेको शो को निर्माणमा संलग्न सम्पूर्णः नेपाल आईडल सिजन २ को र बुगिबुगिको निर्माणमा संलग्न व्यक्तिहरु हुन् ।

७ वटै प्रदेशमा अडिशन आयोजना गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरुमध्येबाट सरदर प्रतिप्रदेश ५० प्रतिस्पर्धी खुल्ला अडिशनबाट छनोट गरिएको थियो । खुल्ला अडिशन फाल्गुन १६ गते शुरु भई चैत्र २५ गते समाप्त भएको थियो । त्यस पश्चात् खुल्ला अडिशन बाट छनौट भएका ३५० प्रतिस्पर्धीहरुलाई प्रदेश अनुसार जर्ज अडिशनमा सहभागी गराइएको थिए ।

जर्ज अडिशनबाट बाट १०९ प्रतिस्पर्धी मेघा अडिशनमा प्रवेश गरेका थिए, जसबाट जर्जले शीर्ष २५ को छनौट गरिसकेका छन् । नेपाल लोक स्टार प्रतियोगिता बाट ३ जना विजेता छनौट गरिने छ । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५ लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कार का साथै तीनै विजेतालाई एल्वममा गीत रेकर्डको अबसर दिईने छ ।

 

नेपाल लोक स्टारमा माजयनन्द लामा, बिबि अनुरागी, सुनीता दुलाल र रामजी खाँड जर्ज रहेका छन् । आगामी असार १२ गते बाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण हुदैछ । यस कार्यक्रमको ३६ श्रृखला निर्माण गरिनेछ ।

सम्बन्धित समाचार