नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्न (एनएस) नवीकरण शुल्कमा अत्याधिक बृद्धि गरेको छ । उस्ले त्यस्तो शुल्क ५ सय ६६ प्रतिशतसम्म बढाएको हो ।
तर नविकरण शुल्क बृद्धिलाई भने विभागका महानिर्देशक विश्वबाबु पुडासैनी समयअनुकूल समायोजन मात्रै गरेको बताउछन । नयाँ व्यवस्थापछि ठूला उद्योगको नवीकरण शुल्क १५ हजारबाट १ लाख रुपैयाँ पुगेको छ । उद्योग विभागले जुन आधारमा उद्योग दर्ता गराएका छन त्यसलाई आधार मानिएको बिभागको भनाई छ । नेपाल गुणस्तर परिषद्को १००औं बैठकले शुल्क बढाएको हो । हाल मुलुकभरबाट ठूला र साना गरी कुल ४१० वटा उद्योगले नेपाल गुणस्तर (एनएस) चिह्न लिएका छन ।
विभागले ठूला उद्योगसँगै मझौला र साना उद्योगको पनि शुल्क बढाएको छ । साना उद्योगको नवीकरण शुल्क २ सय प्रतिशत वृद्धि गरी १५ हजार रुपैयाँ पुर्याएको छ भने, मझौला उद्योगको पनि २ सय प्रतिशत नै वृद्धि गरी ४५ हजार रुपैयाँ पुर्याएको छ । यस अघिसम्म साना उद्योगको ५ हजार, मझौला र ठूला उद्योगको १५-१५ हजार रुपैयाँ नवीकरण शुल्क लाग्दै आएको थियो ।
बिभागका अनुसार अब हरेक वर्ष १० प्रतिशतका दरले एनएस नवीकरण शुल्क बढाइने तयारी समेत भैरहेको छ । जस्ले गर्दां एकैचोटी धेरै बढाएको आभान नहुने जिकिर पनि विभाग उच्च कर्मचारीको छ ।