डिजिटल प्रबिधिमा कम्पनी रजिस्ट्रार कार्यालय

नेपाल सरकारको नीति अनुसार कम्पनी रजिस्ट्रारको कार्यालय पनि पेपरलेस हुने भएको छ । कम्पनी ऐनबमोजिम अनलाइनमार्फत आवश्यक कागजपत्र रजिस्ट्रारको कार्यालय पठाएपछि रजिस्ट्रारको हस्ताक्षरसहित सेवाग्राहीको कम्प्युटरमा आइपुग्ने भएको छ ।

दोहोर झन्झट अन्त्यका लागि नयाँ सफ्टवेरमार्फत काम सुरु गर्ने तयारी कम्पनी रजिस्टारको कार्यालयले सुरु गरेको छ । १ साउनदेखि पुरै काम सफ्टवेयरमार्फत गर्ने कार्यको अन्तिम गृहकार्य भैरहेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले २०७० मै छिटोछरितो र सहज बनाउन अनलाइन प्राणाली सुरु गरिसकेको थियो । अनलाइन प्राणालीमा कम्पनी दर्ता सुरु भए पनि सेवाग्राहीले कम्पनीको प्रमाणपत्र लिन भने पुरै कागजपत्र बुझाउनु बाध्यता छ ।



सेवाग्राहीलाई सहज होस् र कार्यालय व्यवस्थित बनाउन डिजिटल हस्ताक्षर सप्mटवेयर ल्याउन लागेको कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार सन्तोषकुमार दाहालले बताए । डिजिटल हस्ताक्षर प्रक्रिया १ साउनदेखि सुरु गर्ने कार्यालयले जनाएको छ ।

कम्पनी ऐन बमोजिम कम्पनी दर्ता काजगपत्र मिले नमिलेको चेक जाँच गरेर कम्पनी दर्ता प्रमाणपत्र अनलाइनबाटै दिइने जानकारी रजिष्ट्रार कुमार दाहालको भनाइ छ । उनका अनुसार जिडिटल हस्ताक्षरले कम्पनीका कागजपत्र सुरक्षत हुने छन् । यसैगरी सो प्राणाली लागु भएपछि सेवाग्राहीलाई दिने सेवा पनि धेरै छिटो हुने छ । अहिले एक हप्ता समय लाग्ने काम अब दुई तीन दिन भित्र सकिने छ । डिजिटल हस्ताक्षर प्राणाली लागु पछि किर्ते हस्ताक्षरको समस्या पनि कम हुने दाहालको भनाई छ ।

चालु आर्थिक वर्षका हाल सम्मको अबधिमा २ लाख १६ हजार ६ सय ६१ कम्पनी दर्ता भएका छन् । जसमध्ये पब्लिक कम्पनी १ हजार ५ सय ७३ रहेका छन् भने प्रालि २ लाख १२ हजार ३ सय ६५, मुनाफा वितरण नगर्ने कम्पनी २ हजार ४ सय ६६ र विदेशी कम्पनीका शाखा २ सय ५७ रहेका छन् ।

सम्बन्धित समाचार