कोपा अमेरिका कपमा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा सकिएको छ । अर्जेन्टिनालाई अंक बटुल्नै पर्ने दबाब थियो । पहिलो हाफको ३७ औँ मिनेटमा पाराग्वेका लागि रिचार्ड सान्चेजले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा अर्जेन्टिनाले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले गोल गरेका थिए । पाराग्वेका लागि डरलिस गोन्जालेजले पेनाल्टी सदुपयोग गर्न नसक्दा अग्रता लिन चुकायो ।
यो बराबरीसँगै अर्जेन्टिनाले एक अंक जोडेको छ । त्यस्तै पाराग्वे दुई अंकका सथा दोस्रो स्थानमा रहेको छ । शिर्षस्थानमा कोलम्बिया रहेको छ ।