नाम मात्रैको एकल सेवा केन्द्र, टाइम पास गर्दै कर्मचारी

एकै थलोबाट सेवा दिन स्थापना भएको एकल बिन्दु सेवा केन्द्र नाममा मात्रै सिमित रहेको छ । महिनौ देखी त्यहाँ कार्यरत कर्मचारी काम नभएर टाइम पास गरिहरेका छन ।

सरकारले उद्योगलाई दिने छुट, सुविधा तथा सहुलियत र आवश्यक पर्ने पूर्वाधारसम्बन्धी सेवा एउटै थालकोबाट उपलब्ध गराउने उद्देश्यले १ जेठमा सो केन्द्र संञ्चालनमा थियो । स्वदेशी तथा विदेशी लगानी गर्न आउने सेवाग्राहीलाई एउटै थलोबाट सबै सुविधा दिने उद्देश्यले केन्द्रमा आठ वटा इकाई स्थापना गरेका छन् ।



केन्द्रमा उद्योग दर्ता इकाई, प्रसाशन तथा काननु इकाई, विदेशी विनियम सहजीकरण इकाई, भन्सार तथा राजस्व इकाई, जग्गा सहजिकरण इकाई भिषा सहजिकरण इकाई वातावरण इकाई तथा पूर्वाधार इकाई रहेका छन् । एकल बिन्दु सेवा केन्द्र स्थापना भएको एक महिना वितीसकेको छ । तर भन्सार तथा राजस्व इकाईमा, र भिषा सहजिकरण इकाई, वातावरण इकाई र पुर्वाधार इकाईबाट एउटा फाइलको पनि काम अघि बढेको छैन ।

भन्सार तथा राजस्व इकाईका अधिकृत तोयानाथ सापकोटाले सञ्चालन भएको एक महिना भएपनि सेवाग्रही नआएपछि एउटा पनि फाइलको काम नगरेको बताए । सो इकाइका दुई जना अधिकृत छन् । तर काम नआएपछि महिना दिन देखि अफिसमा आउने र हाँजिर लगाउने काम भइरहेको अधिकृत सापकोटा स्विकार्छन ।

उद्योग सञ्चालनका लागि जग्गा आश्वयक गर्दा जग्गा सहजिकरणका लागि बसेको इकाई केन्द्र स्थापना भएको एक महिना एउटा फाइलको काम भएको छ । जग्गा सहजिकरणका इकाईका उपसचिव मनि प्रसाद रेग्मीले एक महिनाको बीचमा काम गर्न एउटा फाइलको काम आएको बताए । उनले यसभन्दा अघि दिनमा एक सय भन्दा फाइलमा काम गर्ने बानी भएकाले अहिले काम गर्न सेवा ग्राही नआउँदा दिनभर बस्नु बाहेक अर्को विकल्प नभएको स्विकारे ।

जग्गा सहजिकरणका लागि सञ्चालन भएको एक महिनाको बीचमा ताप्लेजुङ्गको ५० मेगावाट मेवाखोला जलविद्युत आयोजना आएको छ । सो आयोजना बाहेक अरु फाइल नआएको बताए । उद्योग विभागका निर्देशक विनोद कुमार खड्काले एकल बन्दु सेवालाई प्रभावकारी बनाउन केन्द्रका आठ इकाईका लागि ४१ वटा कर्मचारीको दरबन्दी रहेको बताए । उनले हाल ४१ जना कर्मचारीको दरबन्दीमा ३१ जनाले कर्मचारीले काम गरी रहेको दाबी गरे ।

उनले आठ वटा इकाइ मध्यमा उद्योग दर्ता इकाई प्रसाशन तथा काननु इकाइ र विदेशी विनियम सहजीकरण इकाइमात्र निरन्तर काम भएको बताए । विभागको तथ्यांक अनुसार सेवा सञ्चालनमा आएपछि सेवा कन्दे्रबाट ३ असार सम्ममा उद्योग दर्ता ३९ वटा भएका छन् । यस्तै विदेशी विनियम सहजीकरण इकाइबाट ४० वटा उद्योगका काम भएको छ । यस्तै जग्गा सहजिकरण इकाईबाट एउटा काम भएको बताए । यस्तै भन्सार तथा राजस्व, भिषा सहजिकरण, वातावरण इकाई भएपनि सेवाग्राही नआउँदा काम नभएको त्यहाँ कर्मचारी र पूर्वाधार इकाईबाट भने आज सम्ममा एउटा पनि फाइलको काम भएको छैन ।

सम्बन्धित समाचार