ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले न्यायपालिकामा हुने भ्रष्टाचार रोक्न सर्वोच्च अदालतलाई आग्रह गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीसहितको टोलीले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट गरी न्यायपालिकाभित्र भएका विकृति, विसंगति तथा भ्रष्टाचार हुने क्षेत्ररछिद्र पत्ता लगाएर नियन्त्रण गर्न सुझाब दिएको हो । ट्रान्सपरेन्सीले अदालतमा भएका भ्रष्टाचारका मुद्दालाई द्रुत गतिमा फस्रर्योट गर्न पनि प्रधानन्यायाधीश जबराको ध्यानाकर्षण गराएको छ ।
जवाफमा प्रधानन्यायाधीश राणाले भ्रष्टाचारका मुद्दाको अनुसन्धानमा गम्भीरता अपनाउनुपर्ने भएकाले नीतिगत आधारमा हुने भ्रष्टाचारमाथि ध्यान पु(याउन समय लागेको बताए । टोलीले न्यायपालिकाको गरिमा उच्च राख्न, न्यायपालिकाको स्वाधीनताको रक्षा गर्न, योग्य, निर्भीक तथा इमानदार न्यायाधीशलाई प्रोत्साहन गर्न एवं राजनीतिक आस्था र भागबन्डाका आधारमा न्यायाधीश नियुक्तिलाई निरुत्साहित गर्नसमेत ध्यानाकर्षण गराएको छ । प्रधानन्यायाधीश जबराले भ्रष्टाचारबारे शून्य सहनशीलता अपनाउन प्रतिबद्ध रहेको बताए ।
उनले अदालतभित्र राम्रो काम गर्नेलाई प्रोत्साहित गरिने तथा ढिलासुस्ती गर्ने, बदनियत राख्ने न्यायाधीशलाई कारबाही गरिने पनि स्पष्ट पारे । न्यायक्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई प्रोत्साहन हुने गरी निश्चित मापदण्ड बनाई स्वतन्त्र एव स्वच्छ प्रतिस्पर्धात्मक मूल्यांकनका आधारमा न्यायाधीशहरूको नियुक्ति गर्ने पद्धति निर्माण गर्न ट्रान्सपरेन्सीले आग्रह गरेको छ ।