नवकान्तिपुर संवाददाता
काठमाडौं
रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले क्लबमा रहेका १३ जना खेलाडी बेच्ने तयारीमा रहेको बताएका छन्। मिडिया रिपोर्टका अनुसार नयाँ खेलाडीहरुको आगमनसँगै पुराना केही खेलाडीहरुलाई अन्य क्लब पठाउने तयारीमा उनी जुटेका हुन् ।
उनले इस्को, बेल लगायत धेरै खेलाडी बेच्न खोजिरहेका छन् । रियलमा हाल सिनियर खेलाडीहरुसहित ३५ जना रहेका छन् । जिदान २२ जनामात्र राख्ने तयारीमा रहेका छन् ।
३०३ मिलियन पाउण्ड खर्च गर्दै रियलले हालसम्म पाँच जना खेलाडी अनुबन्ध गरिसकेको छ । त्यस्तै पोउल पोग्वा ल्याउन रियलले तयारी गरिरहेको समेत बताइएको छ ।