महिलाको सम्मान गर्छु भन्दै इटहरीका मेयर चौधरीले मागे माफी

इटहरी उपमहानगरपालिका मेयर द्वारीकलाल चौधरीले स्त्रीद्वेषी शब्द प्रयोग गरेकोमा माफी मागेका छन् । सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा बोल्दै बुधबार उनले स्त्रीद्वेषी शब्द प्रयोग गरेका थिए ।

‘महिला दिदी बहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन । म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु । तथापि, सो कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका नेपालीमाथि भावनात्मक चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमा याचना गर्दछु,’ चौधरीले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ ।



उनले इटहरीको समृद्धि र विकास महिला दिदी बहिनीहरुको समेत साथ सहयोगविना सम्भव नभएको र त्यसका लागि अवाञ्छित यौनजन्य गतिविधिको अन्त्य गरी इटहरीको विकास र समृद्धिमा महत्वपूर्ण साथ सहयोगका लागि आह्वान गरेका छन् ।

सम्बन्धित समाचार