नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असार ।
यो साता स्टक एक्सचेन्जमा १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११३ रुपैयाँको सेयर कारोबार भएको छ । ६४ लाख ३० हजार ७४ कित्ता सेयर खरिद बिक्रिबाट सो कारोबार भएको हो । गत साता नेप्सेमा १ सय ८८ कम्पनीको २ अर्ब ५ करोड ४ लाख एक हजार ६४४ रुपैयाँ बराबरका ६८ लाख ७७ हजार ६६३ कित्ता सेयर खरिद बिक्रि भएको थियो । तर कारोबार रकम गत साताको तुलनामा १३ करोड ५४ लाखले घटेको छ ।
आईतबार एक हजार २ सय ६९ दशमलव ५६ को बिन्दु बाट सुरु भएको बजार निरन्तर ओरालो लाग्दै अन्तिम समयमा ११ दशमलव ३० अंकले घटेर एक हजार २ सय ५८ दशमलव २७ को बिन्दुमा बन्द भएको हो । साताको दोश्रो दिन सोमबार २ दशमलव ६३ अंकले बढेर एक हजार २६० दशमलव ९० अंक, तेश्रो दिन मंगलबार दुई दशमलव २३ अंकले घटेर एक हजार २५८ दशमलव ६७ अंक, बुधबार शुन्य दशमलव २० अंकले घटेको बजार साताको अन्तिम दिनमा भने ५ दशमलव ९० अंकको सुधार आएको थियो ।
प्राध्यापक तथा सेयर विश्लेषक हरिकुमार कार्की बजेटले ब्यक्त गरेका कुरा मौद्रिक नीतिले स्पष्ट पार्ने हुदाँ लगानीकर्ता मौद्रिक नितीको पर्खाइमा रहेको कारण पनि बजारमा सुधार आउन नसकेको बताउछन ।
बजार पूँजीकरण पनि गत साताको तुलनामा ६ अर्ब ३४ करोड ९७ लाख २० हजारले घढेर १५ खर्ब ७३ अर्ब ३ करोड ८२ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । समुहगत परिसुचक तर्फ सबै उपसमुह बढ्दा तिन वटा उपसमुह जीवन बिमा, निर्जीवन बिमा र म्यूचुल फण्ड समुहमा मात्रै घटेका छन । पहिलो दिनको तुलनामा लद्युवित्त समुह सबै भन्दा बढी १३ दशमलव ६९ अंकले बढेर एक हजार ४२४ दशमलव ९३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै बैंकिङ ७ दशमलव ९७ अंक, होटेल ३ दशमलव ९८ अंक, विकास बैंक समुह ९ दशमलव १३ अंक, वित्त समुह २ दशमलव ४ अंक, जलविद्युत १२ दशमलव ८ अंक, उत्पादन तथा प्रसोधन समुह एक दशमलव ७५ अंक, अन्य समुह ३ दशमलव ५१ अंकले बढेर बन्द भएका छन । सबै भन्दा बढी घट्नेमा निर्जिवन बिमा समुह ५१ दशमलव ४३ अंक, जीवन बिमा समुह २९ दशमलव शुन्य २ अंक र म्यूचुयल फण्ड शुन्य दशमलव ०८ अंकले घटेको छ ।
साताको सबैभन्दा बढि कारोबार हुने कम्पनीमा नेपाल बैंक रहेका छ भने दोस्रोमा सिभम् सिमेन्ट रहेको छ । तेश्रोमा प्रभु बैंक रहेका छन । यस साता तारागाउँ रेजेन्सी होटेल, सिद्र्धाथ बैंक, कृर्षि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, अपर तामाकोसी, मेगा बैंक, लगाएतका कम्पनीले सर्वाकिधक आर्जन गरेका छन ।
सातामा नविल बैंकको ९६ लाख ८६ हजार २४४ कित्ता, लाईफ इन्सुरेन्स् कर्पोरेसनको १६ लाख १ हजार ६१३ कित्ता र जेबिल्स् फाईनान्स्को ३ लाख ८९ हजार २१८ दशमलव ८६ कित्ता वोनस सेयर सुचिकृत भएका छन । हकप्रद सेयर सुचिकृत गर्नेमा मेरो माईक्रोफाईनान्स्को ३२ लाख ८९ हजार कित्ता, मिथिला लघुवित्त वित्तिय संस्थाको ३ लाख २९ हजार ८८९ दशमलव ६९ कित्ता, जेबिल्स फाईनान्स्को ३ लाख ४० हजार ९५५ दशमलव ५० कित्ता सेयर सुचिकृत भएका छन ।
साताको उत्कृष्ठ १० कम्पनी
१, अपर तामाकोशी लिमिटेड
२, शिभम् सिमेन्ट लिमिटेड
३, नेपाल बैंक लिमिटेड
४, प्रभु बैंक लिमिटेड
५, मेगा बैंक लिमिटेड
६, एनआइसी एसिया बैंक
७, पाँचथर पावर कम्पनी लिमिटेड
८, नेपाल क्रेडिट एण्ड कर्मश बैंक
९, कृषि बिकास बैंक
१०, तारागाउँ रिजेन्सी होटल