विश्वकप क्रिकेटः आइतबार पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

विश्वकप क्रिकेटमा आज (आइतबार) पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ । दुवै टिम जित हात पार्ने लक्ष्यमा छन् । विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने अवस्था छ ।

आजको खेलमा पाकिस्तानलाई जित्नै पर्ने दबाव छ । दक्षिण अफ्रिकालाई पराजित गरे पाकिस्तानको पाँच अंक हुनेछ । र, बाँकी तीन खेलमा सबै खेल जिते पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । तर बाँकी कुनै खेलमा हारे पाकिस्तान बाहिरिनेछ । यता, दक्षिण अफ्रिकाको भने विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना अत्यन्तै कम छ ।



पाकिस्तान टिममा रहेका खेलाडिहरुमा सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी रहेका छन्।

यता न्युजिल्यान्ड टिममा भने केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी रहेका छन्।

सम्बन्धित समाचार