नेपाली नागरिक विनोदलाई कतारमा मृत्युदण्डको सजाय नदिइएको पुष्टि

भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका विनोद रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको कतारस्थित नेपाली दूतावासले बताएको छ ।

रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको दूतावासको भनाइ छ ।



‘आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ । ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुनेछन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो । सामाजिक सञ्जालमा उनलाई मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो । दूतावासले त्यस्तो फैसला नभएको जनाएको हो ।

सम्बन्धित समाचार