प्रचण्ड मर्निङवाक गर्दै तरकारी बजारमा पुगेपछि…

सधैं झै तरकारी बजारमा झिसमिसेमै किसान र व्यापारी किनबेच गरिरहेका थिए । भरतपुर महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुरमा आकस्मिक रुपमा विहान ५:३० बजे तिर पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगे।

निलो ट्रयाकसुट , क्यापटोपि, जुत्ता मा फुर्तिलो शैलीमा प्रचण्ड सिविलमा रहेका केही सुरक्षाकर्मिका साथ तरकारी बजार छिर्दा स्थानीय अचम्मित देखिन्थे । बजारका अध्यक्ष थिरप्रसाद धितालले प्रचण्ड आउने केही समय अघि मात्र सुचना पाएका थिए । मर्निङ वाक गर्दै तरकारी बजार छिरेका प्रचण्डले त्यहाँ करिव २० मिनेट बिताए ।



सो क्रममा उनले किसान र ब्यवसायि सङ्ग भलाकुसारि गरे ।“किसान र ब्यवसायि दुवै लाई समस्या के छन् भनी सोध्नुभयो, यस बजारलाई सरकारी सहुलियत केही भयन भनेर मैले कुरा राखे” धितालले भन्नुभयो ।मर्निङ वाकको क्रममा तरकारी बजार छिरेर प्रचण्डले ब्यवसायि र किसानको होैसला बढाउनु भयो, धितालले भने ।

सम्बन्धित समाचार