जनप्रतिनिधि सङ्घीयताको मर्मअनुसार अघि बढ्नुपर्छ : नेता रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले संविधान प्रदत्त अधिकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताएका छन् ।

साँफेबगर नगरपालिकाकाको तेस्रो नगरसभाको उद्घाटन गर्दै उनले जनताको संघर्षबाट प्राप्त सङ्घीयताको मर्मअनुसार जनप्रतिधिले अघि बढ्दै विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।



उनले स्थानीय तहमा आएको बजेटको सदुपयोग गर्दै देश समृद्ध बनाउने अभियानमा लाग्न जनप्रतिनिधिलाई आग्रहसमेत गरे । उनले विगतमा एकले अर्कालाई दोषारोपण गरेर उम्किने प्रयास गरेपनि अब भने कुनै बहाना गर्ने ठाउँ नरहेको बताए ।

नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इञ्चार्जसमेत रहेका नेता रावलले स्थानीय तहले स्थानीय उत्पादन, युवास्वरोजगार, उद्यमशिलता लगायतका क्षेत्रमा लगानी गरेर अगाडि बढ्न सके देशको समृद्धि हुने उल्लेख गरे । उनले कम्युनिष्टको नेतृत्व भएका स्थानीय तहमा अन्य तहको भन्दा रचनात्मक र उत्कृष्ट कार्यसम्पादन हुनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार