नवकान्तिपुर संवाददाता
काठमाडौं
विदेशी लगानी होटल ब्यवसामा बढ्न थालेको छ । पर्यटनको सम्भावना सगै होटल क्षेत्रमा क्षेत्रमा लगानी बढ्न थालेको हो । उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले नेपालमा पर्यटनको संख्या बढेकाले होटल तथा रेस्टुरेन्टमा विदेशी लगानी बढिरहेको बताएका छन ।
सरकारले पर्यटन क्षेत्रलाई प्राथामिकता दिए पछि पर्यटनको सम्भावना पनि सोही अनुरुप बड्न थालेको उनको भनाई छ । केन्द्र र प्रदेश सरकारले पनि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेका छन । सोही कारण विदेशी लगानीकर्ता अन्य क्षेत्रभन्दा होटल तथा रेस्टुरेन्ट तर्फ आकर्षित हुन थालेको स्वयं व्यवसायीहरु नै बताउछन । उद्योग बिमागका अनुसार एक महिनाको अबधिमा सबैभन्दा धेरै पर्यटन र सेवामूलक क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित भएको देखिएको छ । यो अवधिमा ३१ वटा उद्योग दर्ता भएका मध्ये १५ वटा होटल तथा रेस्टुरेन्ट छन । १३ वटा सेवामूलक दुईवटा उत्पादनमूलक र एउटा सञ्चार प्रविधिसम्बन्धी उद्योग रहेका छन । ति उद्योगमा ६४ अर्ब ९ करोड ३५ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको पनि विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार १५ पर्यटनमूलक उद्योगले दर्ताका लागि २ अर्ब ६० करोड लगानी प्रतिबद्धता गरेका छन । सेवामूलक १३ उद्योगका लागि ३ अर्ब १० करोड ५० लाख लगानी प्रतिबद्धता आउको छ । उत्पादनमूलक दुईवटा दर्ता भएकोमा ४ अर्ब ५४ करोड ३५ लाख लगानी प्रतिबद्धता प्राप्त भएको पनि विभागले जनाएको छ । सञ्चार प्रविधिसम्बन्धी उद्योगमा २५ करोड लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ ।
नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २०७५ बमोजिम ५ करोड देखि ६ अर्बसम्मको विदेशी लगानी विभागबाटै स्वीकृत गर्न सक्ने प्रावधान छ । यसअघि विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन, २०४९ बमोजिम ५० लाख देखि २ अर्ब रुपैया सम्मका लागि विभागले नै स्वीकृत गर्ने पाउने प्रावधान थियो । यसअघिको ऐनमा विदेशी लगानीको हकमा ५० लाखदेखि २ अर्बको लगानी विभागले स्वीकृत गर्ने प्रावधान थियो भने सोभन्दा माथिको १० अर्बसम्मका लगानी औद्योगिक प्रर्वद्धन बोर्डले स्वीकृत गर्ने प्रावधान रहेको थियो । १० अर्बभन्दा माथिको विदेशी लगानी छ भने लगानी बोर्डमा स्वीकृत गर्ने प्रावधान पनि सो ऐनमा छ ।